खुल्यो सिद्धार्थ र पृथ्वी राजमार्ग, अन्य सडकको अवस्था कस्तो छ ?

काठमाडौं । बाढी पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । दशैंमा गाउँ फर्कने यात्रीहरूलाई मध्यनजर गर्दै धमाधम अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागका सूचना अधिकारी ई.अमित कुमार शाहले बताए । सडक विभागकाअनुसार बाढीपहिरोका कारण ८१७ सडक अवरुद्ध भएको थियो भने ४३८ स्थानमा सवारी आवागमन एकतर्फी थियो । तर, अहिले […]

Oct 9, 2024 - 09:09
 0
खुल्यो सिद्धार्थ र पृथ्वी राजमार्ग, अन्य सडकको अवस्था कस्तो छ ?

काठमाडौं । बाढी पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । दशैंमा गाउँ फर्कने यात्रीहरूलाई मध्यनजर गर्दै धमाधम अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागका सूचना अधिकारी ई.अमित कुमार शाहले बताए ।

सडक विभागकाअनुसार बाढीपहिरोका कारण ८१७ सडक अवरुद्ध भएको थियो भने ४३८ स्थानमा सवारी आवागमन एकतर्फी थियो । तर, अहिले १४ स्थानमा सडक अवरुद्ध छ भने हाल ३६५ स्थानमा दुवैतर्फी यातायात सञ्चालन भइरहेको छ ।

हाल अवरुद्ध रहेको राजमार्ग र स्थान 

विभागको तथ्यांकअनुसार हाल बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भ्याकुरे खोला, माम्ती खोला, काल ढुंगा, बोक्सी कुना, नार्के पुल आसपास, पिनथली बेसी, डालाबेसी लगायतका स्थानमा सडक अवरुद्ध छ ।

त्यस्तै, अरनिको राजमार्ग सिन्धुपाल्चोकको लिभिङ पुलमा बन्द रहेको छ भने मध्यपहाडी राजमार्गकफ रामेछापको खैरेनी गाउँ सित्खा र खानी खोलामा सडक बन्द रहेको छ ।

मेची राजमार्गअन्तर्गत इलामको माइखोलामा बन्द रहेको छ भने ठाँटी भगवानपुर, लहान, कदमाहचोक, गाईघाट, महुरे, खार्पा सोलु जोड्ने सडक उदयपुरको फोक्सिन्टारमा बन्द रहेको छ ।

त्यस्तै, भिटामोड, जलेश्वर, बर्दिबास, खुर्कोट मन्थली तामाकोशी, सिगटी, लामाबगर, लाप्चेगाउँ जोड्ने रामेछापको सुनकोशी पुल अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register