कस्तो रहनेछ फूलपातीदेखि टीकासम्मको मौसम ?

काठमाडौं । भोलिदेखि दशैंको मुख्य दिन सुरु हुँदैछ । यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंका मुख्य ३ दिन (फूलपाती, अष्टमी/ नवमी र टीका)को मौसमबारे सूचना जारी गरेको छ । सूचनाअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। भारी वर्षा हुने सम्भावना कतै रहेको छैन । […]

Oct 9, 2024 - 09:21
 0
कस्तो रहनेछ फूलपातीदेखि टीकासम्मको मौसम ?

काठमाडौं । भोलिदेखि दशैंको मुख्य दिन सुरु हुँदैछ । यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंका मुख्य ३ दिन (फूलपाती, अष्टमी/ नवमी र टीका)को मौसमबारे सूचना जारी गरेको छ ।

सूचनाअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। भारी वर्षा हुने सम्भावना कतै रहेको छैन ।

विभागले भनेको छ, ”यस वर्ष दशैंको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनहरूमा कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने देखिन्छ । साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register