बाढीपहिराेको बितण्डाले व्यवसायी संकटमा

नवलपरासी । नवलपरासी उत्तरपूर्व हुँदै बग्ने केरूङ्गे र बाणखोला, पूर्व दक्षिणबाट नारायणीमा मिसिने रिउ रापतीको बाढीले स्थानीय होमस्टे भिलेजमा डुवान भयो । भारी बर्षाका कारण आएको बाढीले अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज रहेको बाघखोर गाउँँका अधिकांश घरहरूमा यस पटक बाढी पसेको स्थानीयहरू बताउँछन् । बाढीका बेला निकै दक्षिणको गण्डक ब्यारेजका सबै ढोका समयमै नखुल्दा पनि […]

Oct 9, 2024 - 09:32
 0
बाढीपहिराेको बितण्डाले व्यवसायी संकटमा

नवलपरासी ।

नवलपरासी उत्तरपूर्व हुँदै बग्ने केरूङ्गे र बाणखोला, पूर्व दक्षिणबाट नारायणीमा मिसिने रिउ रापतीको बाढीले स्थानीय होमस्टे भिलेजमा डुवान भयो ।

भारी बर्षाका कारण आएको बाढीले अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज रहेको बाघखोर गाउँँका अधिकांश घरहरूमा यस पटक बाढी पसेको स्थानीयहरू बताउँछन् ।

बाढीका बेला निकै दक्षिणको गण्डक ब्यारेजका सबै ढोका समयमै नखुल्दा पनि नवलपुर क्षेत्र डुवान भएको कतिपयले ठानेका छन् । स्थानीयका अनुसार कहिल्यै थाहा नभएको मर्दनीया टोलमा समेत यस पटक बाढी पसेको र बाढीले यहाँको सामुदायिक बिद्यालय,स्वास्थ्य केन्द्र तथा होमस्टे भिलेज सहितका घरमा क्षति पुगेको छ ।

यसै सम्बन्धमा स्थानीय होमस्टे भिलेज प्रकृति पाहुना घरका संचालक झरना बोटे बाढीले घर भित्रका धान, चामल, लत्ता कपडा र पसलका मालसामान समेत नष्ट भएको बताईन् ।

उनले भनिन् बाढीले बाँसका टहरा छाउन राखेको खर भाटा सबै बगायो, घर भित्र जमेको हिलो फाल्नै ४/५ दिन लाग्यो, बुधबारबाट मात्रै दोकान खोल्न सकेका हौं । बाढी अमलटारीका घर घरमा पस्नुका साथै, यसले यहाँका सयौं बिगाहा जमिनमा पाक्दै गरेको धान चुर्लुम्मै डुबाएको थियो । अमलटारी र त्यस तलका दर्जनौं व्यवसायिक माछा पोखरीमा बाढी पस्दा किसानले करोडौं रूपैयाँँको आर्थिक क्षति ब्यहोर्नु परेको छ ।

बाढीको बितण्डाले व्यवसायीलाई संकटमा पारेको छ, तै पनि राज्यले क्षतिको मुल्यांकन र राहत प्रति चासो नदिएकोमा भने पीडितहरूको गुनासो छ । स्थानीय सरकारी तथ्यांक अनुसार कावासोती १५ बाघखोर मा ६० र १७ नम्वर वडामा मात्रै २ सय १५ घर डुवानमा परेको छ ।

डुवान प्रभावितलाई हाल सम्म सरकारी सहयोग भएको देखिदैन,कारितास नेपालले मौकामा गरेको राहतलाई यहाँका कतिपयले सम्झिएकाछन् । बाढीले जिल्लाको गैेडाकोट,देवचुली,कावासेती, मध्यविन्दु तथा बिनयी त्रिवेणीका विभिन्न वडामा गरि ६ सय ४१ घर डुवेको सरकारी तथ्यांकमा उल्लेख छ । होमस्टे संचालनमा नेपालमा नै अब्बल होमस्टेको नाम कमाएर अन्तराष्ट्रिय पुरस्कार समेत जित्न सफल अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेजमा सूचीकृत ३४ पाहुना घर रहेका छन् ।

दसैँ,तिहार, र छठ जस्ता नेपाली चाडपर्व नजिकिएसंगै अमलटारीबासी बाढी जस्तो प्राकृतिक बिपदलाई झेलेरै पनि पुरै गाउँ सफा सुघ्घर गर्दै होमस्टे संचालन जुटेका छन् । यसै सम्बन्धमा अमलटारी होमस्टे भिलेज कावासोती १५ का अध्यक्ष प्रेम शंकर मर्दनीया यहाँ आउने आगन्तुकहरूको स्वागतमा पाहुनाघर संचालकहरू पूर्ण सफाईका साथ तम्तयार रहेको बताउछन् ।

यहाँ आउने स्वदेशी तथा बिदेशी पाहुनाहरूले थारू संस्कृति, खानाका परिकार सहित न्यानो आतिथ्यमा रमाउने गर्दछन् । पाहुनाहरु सामुदायिक वनमा जीप सफारी गर्दै गैंडा बाघ जस्ता दुर्लभ जनावर, राचुरुङ्गीसँग साक्षातकार गर्छन् भने कोही डुङ्गा सयर गरेर रोमाञ्चित हुने गर्दछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register