माइ जोईको रेमिटेन्स एपबाट सजिलै नेपाल पैसा पठाउन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइ जोई बिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले माइ जोईको रेमिटेन्स एपबाट सहज रूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइ जोई बिच युएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले माइ जोईको रेमिटेन्स एपबाट सहज रूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।
उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रहेको र माइ जोईसँग साझेदारी गर्न पाउँदा बैंकले उत्साहित भएको बताए ।
What's Your Reaction?