नेपालकी एक चेलीसहित चार महिलालाई संयुक्त राष्ट्रसङ्घको शरणार्थी पुरस्कार

जेनेभा । आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर) को नानसेन पुरस्कार जितेकी छिन् । ७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पुर्‍याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी […]

Oct 10, 2024 - 05:33
 0
नेपालकी एक चेलीसहित चार महिलालाई संयुक्त राष्ट्रसङ्घको शरणार्थी पुरस्कार

जेनेभा । आप्रवासी र शरणार्थीको अधिकारका लागि दशकौँ लामो समयदेखि काम गर्दै आएकी ब्राजिलीयाली भिक्षुणी रोसिटा माइलेसीले बुधबार संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसिआर) को नानसेन पुरस्कार जितेकी छिन् ।

७९ वर्षीय माइलेसीले ४० वर्षको अवधिमा ब्राजिलमा कानुनी कागजात, आवास, खाना, स्वास्थ्य सेवा, भाषा प्रशिक्षण र श्रम बजारमा पहुँच पुर्‍याउन हजारौँ मानिसलाई सहयोग गरेको युएनएचसीआरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माइलेसीसहित चार क्षेत्रीय पुरस्कार पनि सबै महिलाहरूलाई दिइएको छ ।

माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा,  सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन् ।

सम्मानित हुने चार व्यक्तित्व मध्येकी एक नेपाली चेली गुरुङ रहेकी छिन्। उनले आफ्ना छोरीहरू राज्यविहीन भएपछि नेपालको नागरिकता कानुनमा सुधारका लागि अभियान चलाएका थिइन् ।

‘मैले आप्रवासी र शरणार्थीहरूको लागि आफूलाई समर्पित गर्ने निर्णय गरेँ । म शरणार्थीहरूलाई सहयोग गर्न, स्वागत गर्न र एकीकृत गर्न बढ्दो आवश्यकताबाट प्रेरित छु,’ माइलेसीले पुरस्कृत भएपछि दिएको संक्षिप्त टिप्पणीमा भनेकी छिन् ।

रोमन क्याथोलिक भिक्षुणीले माइग्रेसन एण्ड ह्युमन राइट्स इन्स्टिच्युटलाई शरणार्थीको हक हितका लागि नडराईकन काम गर्न निर्देशन दिँदै भनिन् – म काम गर्न डराउँदिन, यद्यपि हामीले चाहेको सबै कुरा प्राप्त गर्न सक्दैनौँ। यदि मैले त्यसो गर्न सक्थेँ भने यसलाई प्राप्त गर्न म संसारलाई उल्टो पारिदिने थिए ।

यूएनएचसीआरले उनको कामको बारेमा प्रकाश पार्दै माइलेसीले शरणार्थीको हक र हितका लागि एक सशक्त वकीलको रूपमा काम गरेकी छिन् । उनको कामले विशेष गरी ब्राजिलको १९९७ को शरणार्थी कानून निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सार्वजनिक नीतिलाई आकार दिन ‘महत्वपूर्ण’ भूमिका खेलेको बताएको छ ।

उनले ब्राजिलको सन् २०१७ को आप्रवासन कानुनमा पनि यस्तै भूमिका खोलेकी छिन् । यो कानुनले ब्राजिलका विभिन्न समूहलाई एक ठाउँमा ल्याउने र सांसदहरूलाई परिचालन गर्ने काम भएको थियो।

संयुक्त राष्ट्रसंघका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले जारी गरेको वक्तव्यमा भनिएको छ –प्रायजसो महिलाहरूले भेदभाव र हिंसाको उच्च जोखिमको सामना गर्छन्, विशेष गरी जब उनीहरू भाग्न बाध्य हुन्छन् ।

उनले भनिन् – तर यी पाँच विजेताहरूले कसरी महिलाहरूले मानवीय प्रतिक्रिया र समाधान खोज्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् भन्ने देखाउँछन् ।

बुर्किना फासोकी अधिकारकर्मी मैमौना बाले १०० भन्दा बढी विस्थापित बालबालिकालाई कक्षाकोठामा फर्कन मद्दत गरेकी थिइन् ।

सिरियाली शरणार्थी र सामाजिक उद्यमी जिन डाभोद पनि क्षेत्रीयस्तरको राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित भएकी छिन् । उनले हजारौं आघात पीडितहरूलाई लाइसेन्स प्राप्त चिकित्सकहरूसँग जोड्न अनलाइन प्लेटफर्म निर्माण गरेकी छिन् ।

सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाउने कामका लागि सुडानी शरणार्थी नाडा फाडोल पनि राष्ट्रसङ्घीय शरणार्थी पुरस्कारबाट सम्मानित भएकी छिन् । जसले इजिप्टमा भागिरहेका सयौं शरणार्थी परिवारहरूको लागि सहायता जुटाए।

मोल्दोभाका नागरिकले छिमेकी युक्रेनको युद्धबाट भागेर आएका १० लाखभन्दा बढी मानिसहरूलाई समायोजित गर्ने सामूहिक प्रयासका लागि पुरस्कृत गरिएको छ ।

माथि उल्लेखित सबै पुरस्कार आगामी अक्टोबर १४ मा जेनेभामा प्रदान गरिनेछ ।

सन् १९५४ मा स्थापना भएको नानसेन पुरस्कार अन्तर्गत विजेताको कामलाई परिपूरक बनाउने परियोजनाका लागि एक लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । क्षेत्रीय विजेताले जनही २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

सन् १९२२ को नोबेल शान्ति पुरस्कार विजेता नर्वेजियन ध्रुवीय अन्वेषक फ्रिडजोफ नानसेनको नामबाट यो पुरस्कारको नामकरण गरिएको हो।

उनले नानसेन राहदानी विकास गरेकी थिइन् । यसलेसन् १९४२ सम्म शरणार्थीहरूको लागि एक परिचय पत्र र यात्रा अनुमतिको रूपमा काम गर्दथ्यो।

नानसेन पुरस्कारको गत वर्षको विश्व विजेता सोमालियाका पूर्व शरणार्थी अब्दुल्लाही मिरे हुनुहुन्छ भने सन् २०२२ मा जर्मनीकी पूर्व चान्सलर एन्जेला मर्केल विश्व विजेता भएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register