बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार

काठमाडौं । अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । बेकरलाई ‘कम्प्युटेशनल प्रोटिन डिजाइनका लागि’ आधा पुरस्कार दिइएको थियो भने हसाबिस र जम्परलाई […]

Oct 9, 2024 - 13:05
 0
बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार

काठमाडौं । अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो ।

बेकरलाई ‘कम्प्युटेशनल प्रोटिन डिजाइनका लागि’ आधा पुरस्कार दिइएको थियो भने हसाबिस र जम्परलाई ‘प्रोटिन स्ट्रक्चर प्रिडिक्सनका लागि’ पुरस्कार दिइएको थियो ।

संयुक्त राज्य अमेरिकामा कार्यरत तीन वैज्ञानिक मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभला गत वर्ष यो विधामा पुरस्कृत भएका थिए । उनीहरूले न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका थिए ।

उनीहरूले ‘क्वान्टम डट’ भनिने सूक्ष्म कण विकास गरेका हुन् । ती कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन् । तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन् ।

अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ । सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ ।

यस वर्ष चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले ‘माइक्रोआरएनए’को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पाउने भएका छन् ।

त्यसैगरी, भौतिक शास्त्रतर्फको पुरस्कार आर्टिफिशल इन्टेलिजन्स (एआई)सम्बन्धी अनुसन्धानका लागि अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनले पाउने भएका छन् ।

अब बिहीबार साहित्य, शुक्रबार शान्ति र आगामी साता सोमबार अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register