नागढुङ्गा–नौबिसे सडकको जाम छल्ने विकल्प, प्रयोग गर्नुस् सीतापाइला–धार्के सडक (भिडिओ)

काठमाडौं । अहिले दशैंका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ । अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ । सानो सवारी साधन चलाउन यो बाटो सजिलो हुने अहिले यात्रा गरिरहेका सञ्चार उद्यमी […]

Oct 9, 2024 - 13:05
 0
नागढुङ्गा–नौबिसे सडकको जाम छल्ने विकल्प, प्रयोग गर्नुस् सीतापाइला–धार्के सडक (भिडिओ)

काठमाडौं । अहिले दशैंका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।

अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ ।

सानो सवारी साधन चलाउन यो बाटो सजिलो हुने अहिले यात्रा गरिरहेका सञ्चार उद्यमी धर्मेन्द्र सापकोटा बताउँछन् ।

उनले भने, ‘सानो सवारीको लागि एकदम सजिलो रहेछ । पिचैपिच रहेछ । कहीँकतै साना खाल्टाखखुल्डी छन्, तर त्यती अफ्टोरो र जोखिमयुक्त होइनन् ।’

नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेका छन् ।

सङ्घीय राजधानी काठमाडौँ भित्रिँदा र बाहिरिँदा नागढुङ्गाको जाम छल्न सीतापाइला–धार्के सडक एउटा सशक्त विकल्प रहेको कतिपय यातायात व्यवसायी बताउँछन् ।

अहिले उक्त सडकको प्रयोग गर्ने बढेपनि दैनिक सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तथ्याङ्क छैन ।

नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register