मेचीपुलबाट इलामका युवा खैरोहेरोइनसहित पक्राउ

झापा, २४ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एक युवालाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । हिजो बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीपुल हुँदै भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका इलाम नगरपालिका–९ का ३२ वर्षीय दिपेन्द्र राणा मगरलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेपछि चेकजाँच गर्दा खैरो हेरोइन प्लाष्टिकसहित [...] The post मेचीपुलबाट इलामका युवा खैरोहेरोइनसहित पक्राउ appeared first on Jhapa Online.

Oct 10, 2024 - 03:34
 0
मेचीपुलबाट इलामका युवा खैरोहेरोइनसहित पक्राउ

झापा, २४ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एक युवालाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

हिजो बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीपुल हुँदै भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका इलाम नगरपालिका–९ का ३२ वर्षीय दिपेन्द्र राणा मगरलाई पक्राउ गरेको हो ।

उनीमाथि शंका लागेपछि चेकजाँच गर्दा खैरो हेरोइन प्लाष्टिकसहित ५ ग्राम २८० मिलिग्राम, प्लाष्टिक बाहेक ४ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीपुलबाट इलामका युवा खैरोहेरोइनसहित पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register