सवारी दुर्घटनामा १० जनाको मृत्यु

झापा, २७ असोज । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । सुनसरी, दुहबी नगरपालिका–८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प १७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने ५८ वर्षीया डुकमाया सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते [...] The post सवारी दुर्घटनामा १० जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 13, 2024 - 13:30
 0
सवारी दुर्घटनामा १० जनाको मृत्यु

झापा, २७ असोज । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

सुनसरी, दुहबी नगरपालिका–८ जुटमिलस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प १७७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने ५८ वर्षीया डुकमाया सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका–१३ स्थित सडकमा सुपप्र ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, गैडहवा गाउँपालिका–३ केयौटलियास्थित सडकमा लु ३१ प १७७२ नम्बरको मोटरसाइकल र लु ४ प ९५१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा लु ४ प ९५१ नम्बरको मोटरसाइकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–८ बरउलि बस्ने ४५ वर्षीय नरसिंह चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु. ३१ प १७७२ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।

झापा, कमल गाउँपालिका–४ अमलडाँगीस्थित सडकमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका–८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बु र २० वर्षीय सोमराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका–७ स्थित सडकमा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिगेन राजवंशीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका(४ औराहा चोक नजिकै ना ७ त २९८४ नम्बरको ट्याक्टर र ना ३९ प ७९१० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका–१ सुकुम्बासी टोल बस्ने ३० वर्षीय रविन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका–५ पोठिया चोकस्थित सडकमा कोयलपुरबाट नेमुवातर्फ जाँदै गरेको प्र १–०२–०५० प ५०९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुढिगंगा गाउँपालिका–२ अमाही बस्ने १६ वर्षीय आयुस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँके, कोहलपुर नगरपालिका–९ कौशिल्या हस्पिटल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे ११ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका सल्यानी टोल बस्ने ६७ वर्षीय रूद्र बहादुर घर्ती मगरको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिराहा, बरियारपट्टी गाउँपालिका–३ बरियारपट्टी चोकमा झाझपट्टीबाट सिराहातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सरोज साफीको छोरी ३ वर्षीया गंगा कुमारी साफीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post सवारी दुर्घटनामा १० जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register