बौद्धमा ‘पेलिकन लाइट’ को सुरुवात

काठमाडौं । चाबहिल–जोरपाटी सडक खण्डको बौद्धमा पैदल यात्रुलाई सडक पार गर्न सजिलो हुने गरी ‘पेलिकन लाइट’ को सुरुवात गरिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिको करिब ९ लाख रुपैयाँ खर्चमा राखिएको उक्त बत्तीको आज एक कार्यक्रमबीच समितिका अध्यक्ष राजकुमार लामा र बौद्ध ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक  जितेन्द्र श्रेष्ठले उद्घाटन गरेका छन्। पेलिकन (Pelican) ट्राफिक लाइटको […]

Oct 10, 2024 - 05:17
 0
बौद्धमा ‘पेलिकन लाइट’ को सुरुवात

काठमाडौं । चाबहिल–जोरपाटी सडक खण्डको बौद्धमा पैदल यात्रुलाई सडक पार गर्न सजिलो हुने गरी ‘पेलिकन लाइट’ को सुरुवात गरिएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिको करिब ९ लाख रुपैयाँ खर्चमा राखिएको उक्त बत्तीको आज एक कार्यक्रमबीच समितिका अध्यक्ष राजकुमार लामा र बौद्ध ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक  जितेन्द्र श्रेष्ठले उद्घाटन गरेका छन्।

पेलिकन (Pelican) ट्राफिक लाइटको पुरा रूप “Pedestrian Light Controlled” हो। यस प्रणालीमा पैदल यात्रीहरूलाई सडक पार गर्न सजिलो बनाउने उद्देश्यले विशेष फिचरहरू राखिएका हुन्छन्।

यसमा मुख्यतः सडक पार गर्न चाहने पैदल यात्रीले ट्राफिक लाइटको पोलमा रहेको बटन थिचेर लाइटको रङ्ग परिवर्तनको लागि सङ्केत गर्न सक्छन्।

बटन थिचेपछि निश्चित समयसम्म पैदल यात्रीहरूको लागि हरियो बत्ती बल्छ, जसले गाडीहरूको ट्राफिक रोक्छ र पैदल यात्रीहरूले सुरक्षित तरिकाले सडक पार गर्न सक्छन्। केही समयपछि पुनः गाडीहरूको लागि रातो बत्ती हरियोमा बदलिन्छ र ट्राफिक सामान्य रूपमा चल्न थाल्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register