वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना हुने

काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा ६ दिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले जानकारी गराएका हुन् । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा भेट्रान […]

Oct 10, 2024 - 08:29
 0
वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना हुने

काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कात्तिक ५ गतेदेखि हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ६ दिने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले जानकारी गराएका हुन् ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुनेछ ।

जुनियरतर्फ यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र खुला डबल्समा प्रतिस्पर्धा हुनेछ । जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register