बुद्ध एअरका यात्रुले खोले इमर्जेन्सी ढोका

काठमाडौं । बुद्ध एअरलाइन्सको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोलेका छन् । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा खराब मौसम कारण विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका हुन् । बुद्ध […]

Oct 10, 2024 - 08:21
 0
बुद्ध एअरका यात्रुले खोले इमर्जेन्सी ढोका

काठमाडौं । बुद्ध एअरलाइन्सको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोलेका छन् ।

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा खराब मौसम कारण विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका हुन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णकाअनुसार घटना बिहीबार बिहान साढे ५ बजेको हो ।

घटनापछि चालक दलले जहाज पार्किङ-वे मै फर्काएका थिए । जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ । शाहलाई प्रहरीको जिम्मा लगाइएको छ ।

कुनै पनि आपत् परेको अवस्थामा बाहेक इमर्जेन्सी ढोका खोल्न मिल्दैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register