जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६० जना पक्राउ

काठमाडौं । कैलाली, गौरीगंगा नगरपालिका-१ चौमालास्थित न्यू साउद होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(१ गोप्का बस्ने ३४ वर्षीय टेक बहादुर बुढा समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ९ सय ४१ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यसैगरी […]

Oct 10, 2024 - 13:24
 0
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६० जना पक्राउ

काठमाडौं ।


कैलाली, गौरीगंगा नगरपालिका-१ चौमालास्थित न्यू साउद होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(१ गोप्का बस्ने ३४ वर्षीय टेक बहादुर बुढा समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ९ सय ४१ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका(२ तेधरी सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जगुराम चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धीस्थित नारायण घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ खुमलटार बस्ने ५० वर्षीय नन्दि केशर घिमिरे समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुर तथा प्रहरी प्रभाग बाडेगाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २५ हजार ४ सय ५५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ किचाई बस्ने प्रकाश ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३५ वर्षीय दिल बहादुर चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ९ सय ७२ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।


यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-५ सोभातालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा लालझाडि गाउँपालिका(६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरी समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार १ सय २८ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।


सुर्खेत, गुर्भाकोट नगरपालिका-९ भालुखोलास्थित पशुबदशालामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय कृति राई समेत ६ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ४ सय २५ रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register