बीपी राजमार्ग आजदेखि पुन सञ्चालनमा आउँदै, पूर्वी नेपालबाट काठमाडौं आउजाउ सहज हुने

काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक राजमार्ग असोज ११ गतेको वर्षा र बाढीले तहसनहस भएको थियो । बाढी र पहिरोले तहसनहस भएको बीपी राजमार्ग अस्थायी रुपमा बनाइसकेर आजदेखि पुनः सञ्चालनमा आउने भएको हो । बिहान १० बजेदेखि गाडीहरू निर्वाध रूपमा चलाउन सकिने गरी […]

Oct 11, 2024 - 02:17
 0
बीपी राजमार्ग आजदेखि पुन सञ्चालनमा आउँदै, पूर्वी नेपालबाट काठमाडौं आउजाउ सहज हुने

काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ ।

पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक राजमार्ग असोज ११ गतेको वर्षा र बाढीले तहसनहस भएको थियो ।

बाढी र पहिरोले तहसनहस भएको बीपी राजमार्ग अस्थायी रुपमा बनाइसकेर आजदेखि पुनः सञ्चालनमा आउने भएको हो ।

बिहान १० बजेदेखि गाडीहरू निर्वाध रूपमा चलाउन सकिने गरी मर्मतकार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले जनाएका छन् ।

शर्माको नेतृत्वमा प्राविधिक टोली फिल्डमै खटेर काम गरिरहेको छ, र बाढीपहिरोले क्षतिग्रस्त ठाउँहरूमा कल्भर्ट निर्माण गरेर र खोला डाइभर्सनमार्फत मर्मतकार्य सम्पन्न गरिएको छ ।

काभ्रेको चौकीडाँडादेखि नेपालथोकसम्म रोशी र सुनकोशी नदीमा आएको बाढीले विभिन्न ठाउँमा राजमार्गलाई ठुलो क्षति पुर्‍याएको थियो ।

विशेष गरी नेपालथोक खुर्कोट सडकखण्डमा पहिरो र नदी कटानका कारण यातायात ठप्प भएको थियो ।

तर, अहिले ती ठाउँहरूमा काम सकिएकोले दशैंमा यात्रुहरूलाई सहज यात्रा मिल्ने र अन्य वैकल्पिक सडकमा सवारी चाप र जोखिम पनि कम हुने मन्त्रालयले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register