जापानी संस्था निहोन हिडान्क्योले पायो नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योले पाएको छ । हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले  चलाएको संस्था  निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले सन् २०२४ को  नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो । आणविक हतियारमुक्त संसार बनाउने प्रयास र त्यस्ता हतियार फेरि कहिल्यै प्रयोग गर्न नहुने उनीहरूको अभियानका […]

Oct 11, 2024 - 10:41
 0
जापानी संस्था निहोन हिडान्क्योले पायो नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योले पाएको छ ।

हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले  चलाएको संस्था  निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले सन् २०२४ को  नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

आणविक हतियारमुक्त संसार बनाउने प्रयास र त्यस्ता हतियार फेरि कहिल्यै प्रयोग गर्न नहुने उनीहरूको अभियानका निम्ति शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

क्त संस्था सन् १९५६ मा स्थापना भएको हो  ।

झन्डै ८० वर्षअघि दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको थियो  । ६ अगस्ट १९४५मा जापानी समय अनुसार बिहानको आठ बजे हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो  । ८० हजारभन्दा बढी मानिसले तत्कालै ज्यान गुमाए  । त्यसको तीन दिनपछि ९ अगस्टमा नागासाकीमा अर्को बम खसालियो  ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register