नरबहादुर बहुप्राविधिक शिक्षालयमा औषधि विज्ञान अध्ययानको योजना

बिर्तामोड, २५ असोज । झापाको बिर्तामोड–२ को नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राबिधिक शिक्षालयले औषधि विज्ञान विषयलाई थप गर्ने आगामी योजना गरेको जनाएको छ । संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले संस्थाको आगामी योजना औषधि विज्ञानलाई थप गर्ने रहेको बताउनुभयो । नेकपाका संस्थापक सदस्य नेता नरबहादुर कर्माचार्यको नाममा झापामा स्थापित शिक्षालय उत्साहजनक ढंगले सञ्चालन भइरहेको अवस्थामा कोरोना महामारीपछि [...] The post नरबहादुर बहुप्राविधिक शिक्षालयमा औषधि विज्ञान अध्ययानको योजना appeared first on Jhapa Online.

Oct 11, 2024 - 02:10
 0
नरबहादुर बहुप्राविधिक शिक्षालयमा औषधि विज्ञान अध्ययानको योजना

बिर्तामोड, २५ असोज । झापाको बिर्तामोड–२ को नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राबिधिक शिक्षालयले औषधि विज्ञान विषयलाई थप गर्ने आगामी योजना गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले संस्थाको आगामी योजना औषधि विज्ञानलाई थप गर्ने रहेको बताउनुभयो । नेकपाका संस्थापक सदस्य नेता नरबहादुर कर्माचार्यको नाममा झापामा स्थापित शिक्षालय उत्साहजनक ढंगले सञ्चालन भइरहेको अवस्थामा कोरोना महामारीपछि देखिएको विश्व आर्थिक संकटका कारण केही आर्थिक समस्या भएपनि अवस्था सुधार हुँदै गएको अध्यक्ष दर्लामी बताउनुहुन्छ ।

आर्थिक संकट र अन्य चुनौतीहरुले समस्या सृजना गरे पनि संस्थाका सल्लाहकार, सामाजिक शैक्षिक व्यक्तित्वको सहयोग र सहभागीताका कारण संस्थामा उmर्जा थपिएको अध्यक्ष दर्लामीको भनाइ छ ।

चार वटा प्राविधिक विषय अध्यापन भइरहेको संस्थाको सम्पत्ति एक करोड ८३ लाख छ छ भने ऋण दायित्व ५३ लाख रहेको छ । विभिन्न पालिकाबाट अध्ययन गरिरहेका विद्यार्थीवापतको प्राप्त गर्नु पर्ने रकम ७० लाख छ । अहिले १८९ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने पहिलो चरणमा उत्तीर्ण भएका विद्यार्थीहरुले कोशी प्रदेशमा उत्कृष्ट परिणाम ल्याउन सफल भएको अध्यक्ष दर्लामीले बताउनुभयो ।

शिक्षालयमा हाल पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान र होटल व्यवस्थापन विषय अध्यापन भइरहेको शिक्षालयका प्रधानाध्यापक देशु बनेमले जानकारी दिनुभयो ।

The post नरबहादुर बहुप्राविधिक शिक्षालयमा औषधि विज्ञान अध्ययानको योजना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register