उदयपुरलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग

उदयपुर । उदयपुरमा क्रियाशिल राजनैतिक दलहरुले उदयपुर जिल्लालाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार संग माग गरेको छन् । उदयपुरका राजनैतिक दल तथा जनप्रतिनिधीहरुले उदयपुरका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेलाई मंगलबार एक ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष माग गरेका हुन् । राजैतिक दल […]

Oct 8, 2024 - 13:03
 0
उदयपुरलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग

उदयपुर ।


उदयपुरमा क्रियाशिल राजनैतिक दलहरुले उदयपुर जिल्लालाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार संग माग गरेको छन् ।

उदयपुरका राजनैतिक दल तथा जनप्रतिनिधीहरुले उदयपुरका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेलाई मंगलबार एक ध्यानाकर्षण पत्र बुझाउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष माग गरेका हुन् ।

राजैतिक दल र जनप्रतिनिधीको टोलीले उदयपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै सडक संजालमा बढी क्षति भएको, उदयपुरबाट भोजपुर, खोटाङ जिल्लासँग सम्बन्ध विच्छेद भएको साथै धेरै खेतीयोग्य जमिन बाढीले बगाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षाको कारण आएको बाढी पहिरोका कारण जिल्लामा तीन जनाको ज्यान गएको, खानेपानी, सिंचाई, सडक, पुल पुलेसा कुलो लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेकोले उदयदयपुरलाई प्रकोप प्रभावित जिल्ला घोषणा गरेर भत्किएका संरचनाहरु पुनःर्निर्माण गर्न नेपाल सरकार समक्ष माग गरेको उदयपुर संघीय निर्वाचन क्षेत्र नं।२ का सांसद अम्बर बहादुर रायमाझीले जानकारी दिए ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले, नेपाली काग्रेस सहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्व का साथै संघ र प्रदेश सभाका सदस्यहरुको टोलीले जिल्ला भर स्थलगतरुमा अनुगमन गरेर तयार पारेको क्षतिको विवरण समेत प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ ।

बाहिरबाट हेर्दा बाढी पहिरोले शान्त देखिएपनि स्थलगत रुपमा हेदाँ उदयपुरका धेरै स्थानमा क्षति पुगेकाले उदयपुरलाई बाढी पहिरो प्रभावित जिल्लाको सूचीमा राखेर राहत र पुनस्थापनाका कार्य गर्नको लागि सरकारको ध्यानाकर्षण गराईएको एमाले अध्यक्ष भागवत राउतले जानकारी दिएका छन् ।

दलको ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ घिमिरेले जिल्ला विपत्त व्यवस्थापन समितिको बैठक राखेर राजनैतिक दलको माग केन्द्र पठाउने प्रतिवद्धता जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register