दशैं मनाउन १२ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए, सडकका कारण धेरै रोकिए   

काठमाडौं । दशैं मनाउन झन्डै १२ लाख जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यस वर्ष १५ लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ । महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दशैंमा १८ देखि २० लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा […]

Oct 11, 2024 - 03:17
 0
दशैं मनाउन १२ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए, सडकका कारण धेरै रोकिए   

काठमाडौं । दशैं मनाउन झन्डै १२ लाख जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यस वर्ष १५ लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ ।

महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दशैंमा १८ देखि २० लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए ।

आज अष्टमीको दिन समेत केही लाख यात्रु बाहिरिने अनुमान छ । वीपी राजमार्ग बन्द रहेको कारण पूर्वा जाने धेरै यात्रु काठमाडौंमै रोकिएका छन् । अरु ठाउको सडक समेत राम्रो नहुँदा यात्रु प्रभावित भएका छन्  ।

सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन् ।

काठमाडौं बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैं मान्ने योजनामा छन् । कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।  उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘जाँच’ भइरहेको जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register