शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनकाे माग गर्दै गृहमन्त्रीलाई युवा संघकाे ज्ञापनपत्र
काठमाडौं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष ढंगले छानबिन गर्न माग गरेकाे छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणकाे निष्पक्ष ढंगले छानबिन तथा अनुसन्धान गर्न माग गर्दै युवा संघले बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकाे छ ।
दाेषीलाई उम्काउने र निर्दाेषलाई फसाउने षड्यन्त्र भइरहेकाे भन्दै युवा संघले निष्पक्ष छानबिन गरी दाेषीलाई कारबाहीकाे दायरामा ल्याउन गृहमन्त्रीकाे ध्यानाकर्षण गराएकाे हाे ।
यस प्रकरणमा एमाले नेताहरुलाई फराउन र कांग्रेसका नेताहरुलाई बचाउन खाेजिएकाे युवा संघकाे ठहर छ । दाेषीलाई उम्कन नदिन र निर्दाेषलाई फसाउने चेष्टा नगर्न युवा संघले गृहमन्त्रीसँग माग गरेकाे छ ।
What's Your Reaction?






