पुण्य गौतमलाई आक्रमण गर्ने दुर्गा प्रसाईंका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चल्ने

काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि रड प्रहार गरेको घटनामा पक्राउ परेका भाइरल म्यान दुर्गा प्रसाईंका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चल्ने भएको छ । प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँस्थित सडकमा गौतममाथि रड प्रहार गरी […]

Oct 11, 2024 - 06:21
 0
पुण्य गौतमलाई आक्रमण गर्ने दुर्गा प्रसाईंका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चल्ने

काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि रड प्रहार गरेको घटनामा पक्राउ परेका भाइरल म्यान दुर्गा प्रसाईंका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चल्ने भएको छ ।

प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँस्थित सडकमा गौतममाथि रड प्रहार गरी घाइते बनाएका थिए । घाइते बनाएर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । ती मध्ये एक जना प्रसाईंका कार्यकर्ता हुन् ।

पक्राउ पर्नेमा काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने सञ्जीव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका ४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन् ।

संजिवलाई प्रहरीले मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ ।

एसपी अधिकारीका अनुसार उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार हुन् । उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक समेत हुन् । उनीहरूले रड प्रहार गर्नुको कारण भने खुलिसकेको छैन । र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका ४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन् ।

संजिवलाई प्रहरीले मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ ।

एसपी अधिकारीका अनुसार उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार हुन् । उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक समेत हुन् ।

उनीहरूले रड प्रहार गर्नुको कारण भने खुलिसकेको छैन । प्रसाईं रास्वपा नेतृ ज्वाला संग्रौला टीकाको चरित्र हत्या गरेको आरोपमा हिरासत बसेर निस्किएका थिए । रास्वपा नेतृ ज्वालाको पक्षमा पुण्य गौतम थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register