बिरिङ खोलामा बन्यो फलामे पुल : झापा र बाह्रदशीको सम्पर्क जोडियो

सन्तोष शर्माबनियानी, २५ असोज । झापाको झापा गाउँपालिका–५ स्थित बिरिङ खोलामा फलामे पुल निर्माण भएको छ । गत असोज ११ गते अविरल वर्षासँगै खोलामा आएको बाढीले पुलको दक्षिणतर्फको करिब २४ मिटर सडक बाढीले बगाएको थियो । बाढीले सडक बगाएपछि सो स्थानमा अस्थायी फलामे पुल निर्माण गरिएको छ । चाडपर्वका बेलामा आवागतमा ठप्प भएपछि स्थायी फलामे [...] The post बिरिङ खोलामा बन्यो फलामे पुल : झापा र बाह्रदशीको सम्पर्क जोडियो appeared first on Jhapa Online.

Oct 11, 2024 - 08:06
 0
बिरिङ खोलामा बन्यो फलामे पुल : झापा र बाह्रदशीको सम्पर्क जोडियो

सन्तोष शर्मा
बनियानी, २५ असोज ।
झापाको झापा गाउँपालिका–५ स्थित बिरिङ खोलामा फलामे पुल निर्माण भएको छ ।

गत असोज ११ गते अविरल वर्षासँगै खोलामा आएको बाढीले पुलको दक्षिणतर्फको करिब २४ मिटर सडक बाढीले बगाएको थियो । बाढीले सडक बगाएपछि सो स्थानमा अस्थायी फलामे पुल निर्माण गरिएको छ ।

चाडपर्वका बेलामा आवागतमा ठप्प भएपछि स्थायी फलामे पुल निर्माण गरिएको समाजिक व्यक्तित्व शेरबहादुर थापाले बताउनुभयो । “तत्कालको समस्या समाधान गर्न सबैको सहयोगबाट पुल बनेको छ”, पुल निर्माणमा विशेष पहल र अगुवाइ गर्नुभएका उहाँले भन्नुभयो, “चाडपर्वका बेला आवागमन ठप्प हुँदा स्थानीयबासी समस्यामा परेका थिए ।”

सम्बन्धित सरकारी निकायबाट अनुमति लिएर काम गरिएको उहाँले बताउनुभयो । “तत्कालका लागि हामीले आफ्नै गोजीको खर्च गरेर काम गरेका छौं”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायबाट खर्च व्यवस्थापन हुने आश्वासन आएको छ ।”

बाढीले सडक बगाउँदा दुई पालिकाबीचको सम्पर्कविच्छेद भएको झापा गाउँपालिका–५ का वडाध्यक्ष कृष्ण राजवंशीले बताउनुभयो । “झण्डै ४० हजार मानिसको आवतजावत दैनिकमा असर परेको थियो”, उहाँले भन्नुभयो, “सबैको सहयोगले पुल बनेको छ, स्थानीयबासीलाई राहत मिलेको छ ।”

सडक अवरुद्ध हुँदा सदरमुकाम पुग्न करिब ६५ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले भन्नुभयो, “अवरोध हटेपछि २० किलोमिटर यात्रा गर्दा सदरमुकाम पुगिन्छ ।” सो पुलबाट पैदलयात्री, साइकल, मोटरसाइकल र अटोमा आवतजावत गर्न सकिन्छ ।

फलामे पुलको चौडाइ ६.५ फिट र लम्बाइ २४.५ मिटर रहेको छ । पुल निर्माणमा रू तीन लाख खर्च भएको छ भने स्थानीयबासीले श्रमदान समेत गरेका छन् ।

पुल निर्माण भएपछि स्थानीयबासी खुसी भएका छन् । झापा–५ निवासी शम्भूप्रसाद राजवंशीले पुल निर्माण पछि ठूलो राहत मिलेको बताउनुभयो । उहाँले मानिसको आतजावत सहज भए पनि ठूला सवारी साधान आउन नसक्ने भएकाले कृषकहरु अझै मर्कामै रहेको बताउनुभयो । तत्काल सडक निर्माण गर्न उनीहरुले सम्बद्ध निकाय समक्ष मागसमेत गरेका छन् ।

The post बिरिङ खोलामा बन्यो फलामे पुल : झापा र बाह्रदशीको सम्पर्क जोडियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register