राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडा दशैंका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूवर्क पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् । बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, […]

Oct 11, 2024 - 08:01
 0
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडा दशैंका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूवर्क पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।

बडादशैंका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register