सुनसान काठमाडौं (तस्वीरहरू)

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ । बडादशैं तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र स्थानीय बासिन्दाहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । यसपटक दशैं मनाउन करिब १२ भन्दा बढीले उपत्यका छोडेका छन् । अहिले उपत्यकाको सडकमा हिँड्‌डुल गर्ने व्यक्ति र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका […]

Oct 11, 2024 - 10:45
 0
सुनसान काठमाडौं (तस्वीरहरू)

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ ।

बडादशैं तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र स्थानीय बासिन्दाहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । यसपटक दशैं मनाउन करिब १२ भन्दा बढीले उपत्यका छोडेका छन् ।

अहिले उपत्यकाको सडकमा हिँड्‌डुल गर्ने व्यक्ति र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् ।

काठमाडौंमा मानिसहरुको खचाखच हुने न्यूरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register