दशैंमा सशस्त्रद्वारा उपत्यकामा निःशुल्क बस सञ्चालन

काठमाडौं । काठमाडौंका चक्रपथमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बलले बडादसैँका दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ । सशस्त्र प्रहरीले आज विजयादशमीको दिन निः शुल्क बस सेवा दिइरहेको छ । हिजोबाटै सेवा सुरु भएको हो । शुक्रबार बिहान ६ बजे बाट सुरु भएको निःशुल्क बस सेवाअन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सात दोबाटो, […]

Oct 12, 2024 - 03:49
 0
दशैंमा सशस्त्रद्वारा उपत्यकामा निःशुल्क बस सञ्चालन

काठमाडौं । काठमाडौंका चक्रपथमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बलले बडादसैँका दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ ।

सशस्त्र प्रहरीले आज विजयादशमीको दिन निः शुल्क बस सेवा दिइरहेको छ ।
हिजोबाटै सेवा सुरु भएको हो ।
शुक्रबार बिहान ६ बजे बाट सुरु भएको निःशुल्क बस सेवाअन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सात दोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा चलाइएको र अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला , कोटेश्वर , सात दोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

चाडपर्वको समयमा सार्वजनिक सवारीसाधन कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको हो । बडादसैँको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ ।

यस्तै सशस्त्र प्रहरीले देश भरी स्थानीय निकायसँगको समन्वय गरेर १९७ वटा लिङ्गे पिङ राखेको छ । सशस्त्रले पिङ राख्ने काम विगत १४ वर्षदेखि निरन्तरता गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register