एनपीएल : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार एक कार्यक्रमबीच लुम्बिनीले राष्ट्रिय टोलीका पूर्व खेलाडी गौचनलाई कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरेको हो । गौचनले लुम्बिनीसँग एक वर्षको सम्झौता गरेका छन् । टोलीको मुख्य प्रशिक्षक भने सार्वजनिक हुन बाँकी छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल […]

Oct 5, 2024 - 11:21
 0
एनपीएल : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरेको छ ।

शनिबार एक कार्यक्रमबीच लुम्बिनीले राष्ट्रिय टोलीका पूर्व खेलाडी गौचनलाई कन्सल्टेन्ट प्रशिक्षकमा नियुक्त गरेको हो । गौचनले लुम्बिनीसँग एक वर्षको सम्झौता गरेका छन् । टोलीको मुख्य प्रशिक्षक भने सार्वजनिक हुन बाँकी छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनीको मार्की खेलाडी हुन् । मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार हुने अक्सनमा नेपाली खेलाडीको टुंगो लाग्ने छ । टोलीले विदेशी खेलाडी भने आफैँ अनुबन्ध गर्न सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register