आईपीएललाई संकटमा साथ दिएर २५०० करोडको कीर्तिमानी प्रायोजन गर्ने टाटा

काठमाडौं । भारतका उद्योगपति रतन टाटाको निधनले विभिन्न क्षेत्र शोकमा डुबेको छ । दुरदृष्टि र परोपकारको पर्यावाची टाटाले आफ्नो जिवनकालमा खेल क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याए । रतनले आफ्नो कम्पनी टाटा ग्रूपमार्फत् धेरै क्रिकेटरहरुलाई सहयोग गरे । खटिन समयमा गुज्रिरहेका क्रिकेटरहरुको भविष्य तथा उदयमान खेलाडीलाई अघि बढाउन उल्लेख्य भूमिका खेले । युवा तथा उदयमान खेलाडीलाई प्रोत्साहन […]

Oct 12, 2024 - 06:25
 0
आईपीएललाई संकटमा साथ दिएर २५०० करोडको कीर्तिमानी प्रायोजन गर्ने टाटा

काठमाडौं । भारतका उद्योगपति रतन टाटाको निधनले विभिन्न क्षेत्र शोकमा डुबेको छ । दुरदृष्टि र परोपकारको पर्यावाची टाटाले आफ्नो जिवनकालमा खेल क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याए ।

रतनले आफ्नो कम्पनी टाटा ग्रूपमार्फत् धेरै क्रिकेटरहरुलाई सहयोग गरे । खटिन समयमा गुज्रिरहेका क्रिकेटरहरुको भविष्य तथा उदयमान खेलाडीलाई अघि बढाउन उल्लेख्य भूमिका खेले ।

युवा तथा उदयमान खेलाडीलाई प्रोत्साहन गर्न टाटा ग्रूपले विभिन्न क्रिकेटको प्रतियोगितालाई पनि प्रायोजन गर्‍यो । सन् १९९६ मा टाइटन कपमार्फत् उनले क्रिकेट क्षेत्रलाई आर्थित रुपमा सहयोग गर्न थाले । सन् २००० मा भएको म्याच–फिक्सिङको घटनापश्चात सो प्रतियोगितासँग टाटा ग्रूपको सहयोग छुटियो ।

सन् २०२० मा इण्डियन प्रिमियर लिग (आईपीएल)लाई संकटको अवस्थामा प्रायोजन गरी टाटा ग्रूपले घरेलु क्रिकेटको साख जोगाएको थियो । त्यसवर्षको संस्करणमा चाइनिज फोन उत्पादक कम्पनी भिभो टाइटल स्पोनसर थियो ।

तर, सिमानाको विषयमा भारत र चीनबीच तनाव उत्पन्न भएसँगै भीभोले आफ्नो टाइटल स्पोनसरबाट पछि हट्यो । यससँगै टाटा ग्रूप टी–२० को उद्धारको लागि अघि सर्‍यो । यसपश्चात हरेक सिजनमा टाटाको साथ आईपीएलसँग बढ्दै गयो ।

सन् २०२४ मा टाटा समूहले आईपीएलसँग ४ वर्षका लागि २५०० करोडको कीर्तिमानी सम्झौता गरेको एनडीटीभी स्पोर्ट्सले जनाएको छ । आईपीएलको लागि यो अहिले सम्मको सबैभन्दा ठूलो सम्झौता पनि बन्न पुग्यो ।

यद्यपि, उनले पुरुष क्रिकेटको विकासमा मात्र नभई महिला क्रिकेटको विकासको लागि पनि अहम् भूमिका खेले । सन् २०२३ मा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गरको महिला प्रिमियर लिगलाई पनि टाटा ग्रूपले प्रयोजन गर्‍यो । महिला लिगसँगको प्रायोजनको सम्झौता पाँच वर्षसम्मको छ ।

यतिमात्र नभई भारतीय युवा क्रिकेटरको सपना साकार गर्न पनि टाटा ग्रूप प्रायोजक भूमिकामा रह्यो । भारतीय क्रिकेटको हस्तीका रुपले चिनिने विभिन्न क्रिकेटरलाई पनि टाटाले उज्जवल भविष्यको सहयोग गर्‍यो ।

पूर्व भारतीय क्रिकेटर फारोख इन्जिनियर टाटा मोर्ट्सले सहयोग गरेको थियो । टाटा कम्पनी, एयर इन्डियाले पनि पूर्व स्टार खेलाडी मोहिन्दर अमरनाथ, सञ्जय मांजरेकर, रोबिन उथप्पा र वीवीएस लक्ष्मणलाई पपिन सहयोग गरे ।

टाटा ग्रूपसँग नै जोडिएको इन्डियन एअरलाइन्सले पनि जवागल श्रीनाथ, हरभजन सिंह, युवराज सिंह र मोहम्मद कैफजस्ता खेलाडीलाई आफ्नो सपनालाई निरन्तरता दिन सहयोग गर्‍यो । शार्दूल ठाकुरलाई टाटा पावर र जयन्त यादवलाई एयर इन्डियाको साथले खेल जीवनलाई सहज बनायो ।

यीनी सबैलाई टाटा ग्रूपले आफ्नो खेल जीवनलाई ‘कम्प्रोमाइज’ गर्नुपर्ने अवस्था सिर्जना हुन दिएन ।

सबै खेलाडीलाई विभिन्न रुपमा रोजगारीको अवसर सिर्जना गराएर टाटा ग्रूपले खेलाडीलाई निर्धक्क भएर खेल्न पनि हौसला प्रदान गरे । यसले खेलाडीहरुलाई आर्थिक सुरक्षा मात्र प्रदान गरेन तर आफ्नो सुरुवाती खेल जीवनमा एउटा सम्मानजनक जीवन निर्वाह गर्न पनि टेवा पुर्‍यायो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register