करेन्ट लाग्दा मकवानपुरमा दुई बालिकाको मृत्यु

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १६ चिसापानीमा दुई बालिकाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बारा निजगढ नगरपालिका नं. १ बस्ने वर्ष ९ की र हेटौँडा नं. १६ बस्ने वर्ष ७ की बालिका रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । उनीहरूलाई आज दिउँसो साढे १ बजेतिर हेटौँडा १६ चिसापानीबाट २०० […]

Oct 12, 2024 - 11:25
 0
करेन्ट लाग्दा मकवानपुरमा दुई बालिकाको मृत्यु

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १६ चिसापानीमा दुई बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बारा निजगढ नगरपालिका नं. १ बस्ने वर्ष ९ की र हेटौँडा नं. १६ बस्ने वर्ष ७ की बालिका रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उनीहरूलाई आज दिउँसो साढे १ बजेतिर हेटौँडा १६ चिसापानीबाट २०० मिटर पश्चिम-दक्षिण पर्ने कबर्ड हलको छेउमा करेन्ट लागेको हो ।

सो स्थानमा रहेको विद्युत्‌को ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

उनीहरू सोही स्थानमा हिँड्ने क्रममा पानीमा टेक्न पुग्दा करेन्ट लागी बेहोश भएका थिए । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो तर, उपचारको क्रममा डाक्टरले मृत घोषणा गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register