पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि लडाइँमा संलग्न छन् । कुर्रममा दुई सम्प्रदायका बिचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ । सुन्नीहरूको एउटा समुह शनिबार अर्धसैनिकहरूको सुरक्षामा […]

Oct 13, 2024 - 10:25
 0
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि लडाइँमा संलग्न छन् । कुर्रममा दुई सम्प्रदायका बिचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ ।

सुन्नीहरूको एउटा समुह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कायर्वाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो ।

जुलाई देखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ ।

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरु अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरु हुन सक्ने जनाइएको छ ।

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register