आज धेरै ठाउँमा बादल, कतै हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली भएको छ । कतै–कतै हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना छ । आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव […]

Oct 14, 2024 - 02:17
 0
आज धेरै ठाउँमा बादल, कतै हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली भएको छ । कतै–कतै हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना छ ।

आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी केही भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register