काठमाडौं उपत्यकाको मौसम बिस्तारै चिसोतर्फ ढल्किँदै

काठमाडौं । देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ । आज उपत्यका बिहान १५ डिग्री आसपास तापक्रम थियो । यसअघि हिजो आइतबार न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको थियो । अस्ति शनिबार १६.५ डिग्री सेल्सियस थियो । समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ । नेपालबाट मनसुन अस्ति असोज २६ गते अक्टोबर […]

Oct 14, 2024 - 02:17
 0
काठमाडौं उपत्यकाको मौसम बिस्तारै चिसोतर्फ ढल्किँदै

काठमाडौं । देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ । आज उपत्यका बिहान १५ डिग्री आसपास तापक्रम थियो ।

यसअघि हिजो आइतबार न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको थियो । अस्ति शनिबार १६.५ डिग्री सेल्सियस थियो ।
समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ ।

नेपालबाट मनसुन अस्ति असोज २६ गते अक्टोबर १२ तारिख पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन् ।

यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन् । यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register