भाइरल ज्वरो र डेंगुका बिरामी बढे, अस्पतालको भुइँमै राखेर उपचार गरिँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । १५ शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई […]

Oct 14, 2024 - 04:49
 0
भाइरल ज्वरो र डेंगुका बिरामी बढे, अस्पतालको भुइँमै राखेर उपचार गरिँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ ।

१५ शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेंगुका बिरामीको चाप अनपेक्षितरूपमा बढेको छु, उनले भने ।

अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।

व्यास–१,२, ३, ४ र ५ मा डेंगुका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ । अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेंगुको संक्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए ।

दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।-रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register