अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टर नियुक्त

काठमाडौं। सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ। अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो। हजको आगमनसँगै नेपाल सुपर लिग एनपीएल मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ। हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए । हजको […]

Oct 14, 2024 - 07:25
 0
अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टर नियुक्त

काठमाडौं। सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ।

अस्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजलाई सुदूरपश्चिमले नियुक्त गरेको हो। हजको आगमनसँगै नेपाल सुपर लिग एनपीएल मा सुदूरपश्चिमले उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ।

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग आइपीएल समेत खेलेका थिए । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा हुन्। सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register