‘छक्का पञ्जा ५’ : चार दिनको कलेक्सन कति ?

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फूलपातीदेखि प्रदर्शन आएको यस फिल्म पाँचौं दिनसम्म आइपुग्दा पनि हाउसफूल छ । व्यापार पनि राम्रो नै रहेको फिल्म निर्माण टिमले बताएको छ । फिल्मले उपत्यका र मोफसलमा राम्रो कमाई गरिरहेको छ । अहिलेसम्म फिल्मले ६ करोड ५० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माण टिमले बतायो […]

Oct 14, 2024 - 07:37
 0
‘छक्का पञ्जा ५’ : चार दिनको कलेक्सन कति ?

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फूलपातीदेखि प्रदर्शन आएको यस फिल्म पाँचौं दिनसम्म आइपुग्दा पनि हाउसफूल छ ।

व्यापार पनि राम्रो नै रहेको फिल्म निर्माण टिमले बताएको छ । फिल्मले उपत्यका र मोफसलमा राम्रो कमाई गरिरहेको छ । अहिलेसम्म फिल्मले ६ करोड ५० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माण टिमले बतायो ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा शिवाकोटीको मुख्य भूमिका छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा, पटकथा र संवाद रहेको फिल्म कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ ।

फिल्ममा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखकलगायतले पनि अभिनय गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register