इलाका प्रशासन कटारीको जिम्मेवारीमा उपसचिव कोपिला राई

काठमाडौं । नेपाल सरकारकी उपसचिव कोपिला राईले इलाका प्रशासन कार्यालय, कटारीको जिम्मेवारी पाएकी छन् । यसअघि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी राईले बुधबार (आज) इलाका प्रशासन कार्यालय, कटारीको कार्यालय प्रमुखको पदभार ग्रहण गरेकी हुन् । राईलाई आज कार्यालयका कर्मचारीहरूले स्वागतसमेत गरिसकेका छन् । पदभार ग्रहणपछि राईले भनेकी छन्, “आजदेखि इलाका प्रशासन कार्यालय, […]

Oct 9, 2024 - 15:05
 0
इलाका प्रशासन कटारीको जिम्मेवारीमा उपसचिव कोपिला राई

काठमाडौं । नेपाल सरकारकी उपसचिव कोपिला राईले इलाका प्रशासन कार्यालय, कटारीको जिम्मेवारी पाएकी छन् ।

यसअघि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी राईले बुधबार (आज) इलाका प्रशासन कार्यालय, कटारीको कार्यालय प्रमुखको पदभार ग्रहण गरेकी हुन् ।

राईलाई आज कार्यालयका कर्मचारीहरूले स्वागतसमेत गरिसकेका छन् । पदभार ग्रहणपछि राईले भनेकी छन्, “आजदेखि इलाका प्रशासन कार्यालय, कटारीमा हाजिर भएर पदीय जिम्मेवारी लिएको छु ।”

उनले भुइँ तहका नागरिकसँग प्रत्यक्ष सम्बन्ध बनाएर काम गर्न पाउँदा खुसी भएको सुनाउँछिन् । “जागिर मात्रै नभएर यो सेवा गर्ने अवसर पनि भन्ने लाग्छ । महिला भएर पनि प्रमुख हुनुभएछ भन्दा गौरव लाग्छ र अझै जिम्मेवारीबोध हुन्छ । हौसला र प्रेरणा मिल्छ,” राईले भनिन् ।

इलाका प्रशासन कार्यालय, कटारीमा पदभार ग्रहण गरेपछि उपसचिव कोपिला राई ।

२०६७ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेकी राई २०७० सालमा शाखा अधिकृत भएर जिल्ला हुलाक कार्यालय, खोटाङ, मालपोत कार्यालय, खोटाङ, महिला मन्त्रालय, सिंहदरबार, निर्वाचन कार्यालय, खोटाङमा कार्यालय प्रमुखको जिम्मेवारीमा रही काम गरिसकेकी छन् ।

२०७८ सालमा उपसचिव भएपछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा बैठक तथा प्रशासन शाखा प्रमुखको रूपमा काम गरिन् । यसपछि उनी २०७९ देखि २०८१ भदौसम्म सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिन् ।

इलाका प्रशासन कार्यालय, कटारीमा उपसचिव कोपिला राईलाई स्वागत गर्दै कार्यालयका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरू ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register