बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडी चल्ने

काठमाडौं । बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ । अहिले बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ । चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ । सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा […]

Oct 14, 2024 - 08:41
 0
बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडी चल्ने

काठमाडौं । बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ । अहिले बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको छ ।

चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।

असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register