बिन्दा पाण्डे भन्छिन् – एमालेको गौरव जोगाउने हो भने व्यापारीको जग्गामा कार्यालय नबनाऔँ

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास भएपछि चर्को आलोचना भइरहेको छ । हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्याएपछि कीर्तिपुरमा असोज २५ गते भवनको शिलान्यास गरिएको थियो । त्यसपछि विभिन्न पार्टीका नेताहरुले यसको विरोध गरेका थिए । यसैबीच एमालेकै नेतृ पनि […]

Oct 14, 2024 - 08:33
 0
बिन्दा पाण्डे भन्छिन् – एमालेको गौरव जोगाउने हो भने व्यापारीको जग्गामा कार्यालय नबनाऔँ

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास भएपछि चर्को आलोचना भइरहेको छ ।

हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्याएपछि कीर्तिपुरमा असोज २५ गते भवनको शिलान्यास गरिएको थियो ।

त्यसपछि विभिन्न पार्टीका नेताहरुले यसको विरोध गरेका थिए । यसैबीच एमालेकै नेतृ पनि विरोधमा उत्रिएकी छन् ।

स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५ लाख सदस्यको शिर झुकाएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् ।

राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस-

साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register