साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन माल्दिभ्स टोली नेपाल आइपुग्यो

काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन माल्दिभ्स टोली नेपाल आइपुगेको छ । माल्दिभ्सको टोली सोमबार काठमाडौं आइपुगेको हो । अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश शाहलगायतका पदाधिकारीहरुले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु […]

Oct 14, 2024 - 14:53
 0
साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन माल्दिभ्स टोली नेपाल आइपुग्यो

काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन माल्दिभ्स टोली नेपाल आइपुगेको छ ।

माल्दिभ्सको टोली सोमबार काठमाडौं आइपुगेको हो । अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश शाहलगायतका पदाधिकारीहरुले टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register