भारतसँगको राजनीतिक तनाव खेलमा पनि ‘प्रतिविम्बित’, च्याम्पियन्स ट्रफी आयोजकबाट वञ्चित हुनसक्छ पाकिस्तान

काठमाडौं । अर्को वर्षको फेब्रूअरीमा हुने च्याम्पियन्स ट्रफीको आयोजकबाट पाकिस्तान वञ्चित हुन सक्नेछ । भारतले पाकिस्तान गएर यो प्रतियोगिता खेल्न अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई आधिकारिक जानकारी दिएको छ । पीसीबी प्रमुख मोहसिन नकवीले यस विषयमा पाकिस्तान सरकारसँग निर्देशन मागेका छन् । पाकिस्तानी अखबार ‘द डन’ले […]

Nov 12, 2024 - 11:53
 0
भारतसँगको राजनीतिक तनाव खेलमा पनि ‘प्रतिविम्बित’, च्याम्पियन्स ट्रफी आयोजकबाट वञ्चित हुनसक्छ पाकिस्तान

काठमाडौं । अर्को वर्षको फेब्रूअरीमा हुने च्याम्पियन्स ट्रफीको आयोजकबाट पाकिस्तान वञ्चित हुन सक्नेछ ।

भारतले पाकिस्तान गएर यो प्रतियोगिता खेल्न अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसबारे पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई आधिकारिक जानकारी दिएको छ ।

पीसीबी प्रमुख मोहसिन नकवीले यस विषयमा पाकिस्तान सरकारसँग निर्देशन मागेका छन् । पाकिस्तानी अखबार ‘द डन’ले पीसीबीको स्रोतलाई उद्धृत गर्दै भनेको छ, ”यदि पाकिस्तानबाट आयोजनीय खोसियो भने उसले प्रतियोगितामा खेल्न अस्वीकार गर्न सक्छ ।”

तनावपूर्ण राजनीतिक सम्बन्धका कारण भारतीय टोलीले सन् २००८ देखि पाकिस्तानमा खेलेको छैन ।

गत वर्ष एसिया कपको आयोजनाको अधिकार पाकिस्तानले पाएको थियो । भारतले यस प्रतियोगिताका सबै खेल श्रीलंकामा खेल्यो । पाकिस्तान जान अस्वीकार गरेपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले हाइब्रिड मोडलमा यो प्रतियोगिता आयोजना गरेको थियो ।

भारतीय टोली पाकिस्तान नजाने

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन्स ट्रफी पाकिस्तानमा खेल्न अस्वीकार गरेको छ । आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आधिकारिक मेलमार्फत यो जानकारी दिएको हो ।

यता, पीसीबीले च्याम्पियन्स ट्रफी हाइब्रिड मोडलमा आयोजना नगर्ने स्पष्ट पारेको छ । ‘हाइब्रिड मोडल’ भनेको च्याम्पियन्स ट्रफीमा भारतसँगको खेल तटस्थ स्थानमा र बाँकी प्रतियोगिता पाकिस्तानमा खेल्नुपर्ने हो ।

अब के हुन्छ ?

द डनका अनुसार आईसीसीले टीम इन्डियाको सहभागिताका लागि टूर्नामेन्टलाई अर्को देशमा सार्न सक्छ । स्रोतका अनुसार पाकिस्तान सरकारले यो विषयलाई निकै गम्भीरताका साथ लिएको छ । यदि होस्टिङ खोसिएमा पाकिस्तान सरकारले बोर्डलाई यस प्रतियोगिताबाट फिर्ता लिन आग्रह गर्न सक्छ ।

एक स्रोतले पीटीआईलाई भन्यो, “यदि पीसीबीले च्याम्पियन्स ट्रफीको आयोजना गर्नबाट पछि हटेन भने भारतको खेल यूएईमा र फाइनल दुबईमा हुने निश्चित छ ।”

स्रोतले थप भन्यो, “भारतीय क्रिकेट बोर्डले आईसीसीलाई हाइब्रिड मोडल स्वीकार्य रहेको बताएको छ भने फाइनल पाकिस्तानमा नभई दुबईमा हुनुपर्नेछ ।”

पीसीबीले सोमबार बीसीसीआईको यो निर्णयमा कुनै प्रतिक्रिया दिएको छैन । तर, स्रोतका अनुसार आईसीसीले पीसीबीलाई भारतको खेल र फाइनल दुबईमा खेलाइने हाइब्रिड मोडललाई स्वीकार्य छ कि छैन भनेर सोधेको छ ।

आईसीसीले यसअन्तर्गत सम्पूर्ण होस्टिङ शुल्क र अधिकांश खेलको रकम पाउने पनि जनाएको छ ।

पीसीबीले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेमा सम्पूर्ण प्रतियोगिता दक्षिण अफ्रिकामा आयोजना गर्न सकिने स्रोतले बताएको छ ।

यसअघि पाकिस्तान क्रिकेट बोर्डको एक स्रोतले च्याम्पियन्स ट्रफीको आयोजना गर्ने सम्बन्धमा आईसीसीसँग स्पष्टीकरण माग्ने बताएको थियो । किन भने भारतीय टोली प्रतियोगितामा नआउने मात्रै भनिएको थियो तर, प्रस्तावबारे कुनै जानकारी दिइएको छैन ।

पीसीबीको एक जानकार स्रोतले भने, “हाइब्रिड मोडलमा च्याम्पियन्स ट्रफी आयोजना गर्नेबारे कुनै कुराकानी भएको छैन ।”

गत वर्ष एसिया कपमा भारतको खेल श्रीलंकामा र बाँकी सबै खेल पाकिस्तानमा खेल्दा हाइब्रिड मोडल अपनाइयो ।

स्रोतले भन्यो, “पीसीबीले आफ्ना कानुनी सल्लाहकारहरूसँग कुरा गरेपछि भारतको निर्णयमा स्पष्टीकरण माग्दै आईसीसीलाई इमेल पठाउनेछ । पीसीबी आवश्यक परे सल्लाह र निर्देशनका लागि सरकारसँग सम्पर्कमा छ ।”

यसैबीच पाकिस्तानी मिडियामा पाकिस्तान सरकारले पीसीबीलाई भारतसँग खेल्नबाट जोगिन वा आईसीसी र बीसीसीआईविरुद्ध खेलकुदको मध्यस्थता अदालतमा कानुनी कारबाही गर्न सल्लाह दिएको समाचार छाइरहेको छ ।

पाकिस्तानी आक्रोशित

पाकिस्तानी क्रिकेट समर्थकले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै पाकिस्तानलाई कडा जवाफ दिनुपर्ने बताएका छन् ।

भारतीय पूर्वक्रिकेटर तथा क्रिकेट कमेन्टेटर आकाश चोपडाले सामाजिक सञ्जालमा एक भिडिओमा पाकिस्तानको क्वेटामा भएको बम विस्फोटको उल्लेख गर्दै पाकिस्तानको अवस्था सामान्य बनाउने र भविष्यमा दुई देशबीचको खेल सुनिश्चित गर्ने जिम्मेवारी पाकिस्तानको रहेको बताएका छन् ।

पाकिस्तानका वरिष्ठ खेल पत्रकार डा. नउमान नियाजले एक्समा एक पोस्टमा लेखेका छन्, “पीसीबी हाइब्रिड मोडेलको पक्षमा छैन, जसमा भारतको खेल अन्यत्र आयोजना गर्ने समावेश छ ।”

उनका अनुसार पाकिस्तानले भारतसँग कुनै पनि मैदानमा कुनै पनि ढाँचाको खेल नखेल्ने निर्णय गर्नुपर्छ भन्ने पनि विचार गरिरहेको छ ।

पाकिस्तानको कराँचीका खेलकुद पत्रकार फैजान लखानीले एक्समा लेखेका छन्, “पाकिस्तान सरकार स्रोतहरूले पुष्टि गरेका छन्, जबसम्म भारत आफैँ पाकिस्तानमा आउन र खेल्न तयार हुँदैन, तबसम्म पाकिस्तानले भारतसँग कुनै खेल खेल्ने छैन ।”

जियो न्यूजले आफ्नो स्रोतलाई उद्धृत गर्दै लेखेको छ, पाकिस्तान सरकारले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतसँग नखेल्ने सोच बनाएको छ ।

च्याम्पियन्स ट्रफीको खेल तालिकाको घोषणा स्थगित

पीसीबीका एक वरिष्ठ अधिकारी भन्छन्, “प्रतियोगिताको तालिका नोभेम्बर ११ मा घोषणा गर्ने भनिएको थियो तर, अब यसलाई स्थगित गरिएको छ र अब आईसीसीले यसबारे निर्णय लिनेछ ।”

कुनै पनि आईसीसी प्रतियोगिताको तालिका प्रतियोगिताको १०० दिन अघि घोषणा गरिन्छ, ताकि आयोजक देश, प्रसारणकर्ताहरू र अन्य पक्षहरूलाई तयारी गर्न पर्याप्त समय मिलोस् ।

पीसीबीले च्याम्पियन्स ट्रफी आयोजना गर्न नेशनल स्टेडियम कराँची र गद्दाफी स्टेडियम लाहोरको मर्मत गर्न लाखौँ डलर खर्च गरेको छ । यसका लागि आगामी दुई महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तान र भारतबाहेक बंगलादेश, इंल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानका टोली सहभागी हुनेछन् ।

एकदिवसीय वरीयतामा शीर्ष ८ मा नपरेका कारण श्रीलंकाको टोली प्रतियोगितामा सहभागी हुने छैन ।

एकदिवसीय विश्वकप खेल्न पाकिस्तानी टोली भारतमा 

गत वर्ष एकदिवसीय विश्वकप खेल्न पाकिस्तानी टोली भारत आएको थियो । त्यसपछि १४ अक्टोबरमा भारत र पाकिस्तानबीचको खेल अहमदावादमा भएको थियो । यो खेलमा भारतीय टोली ७ विकेटले विजयी भएको थियो । कप्तान रोहित शर्मा र श्रेयस अय्यरले अर्धशतक बनाएका थिए । जसप्रित बुमराह प्लेयर अफ द म्याच बनेका थिए । उनले १९ रनमा २ विकेट लिएका थिए ।

भारतको पाकिस्तानको अन्तिम भ्रमण सन् २००८ थियो । टीम इन्डियाले सन् २००८ मा अन्तिम पटक पाकिस्तानको भ्रमण गरेको थियो । ३ टेस्ट म्याचको त्यो सिरिज भारतीय टोलीले १-० ले जितेको थियो । २ खेल बराबरीमा रोकिएको थियो ।

पाकिस्तानको अन्तिम भारत भ्रमण सन् २०१३ थियो । पाकिस्तानको अन्तिम भारत भ्रमण २०१२-१३ मा भएको थियो । उक्त भ्रमणमा ३ ओडिआई र २ टी-२० खेलको द्विपक्षीय शृङ्खला खेलिएको थियो । पाकिस्तानले एकदिवसीय सिरिज २-१ ले जितेको थियो भने टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

सन् २००८ मा मुम्बईमा भएको आतङ्कवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न अस्वीकार गरेको थियो । त्यसपछि दुबै टोलीले आईसीसी र एसीसी प्रतियोगितामा मात्रै खेल्छन् ।

सन् २०१३ देखि दुवै टोलीले १३ ओडीआई र ८ टी-२० खेल तटस्थ स्थानमा खेलेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register