भद्रपुरबाट ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ

झापा, २९ असोज । ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो भद्रपुर–५ स्थित बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी–८ का ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्लास्टिकसहित ५८ ग्राम [...] The post भद्रपुरबाट ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ appeared first on Jhapa Online.

Oct 15, 2024 - 03:10
 0
भद्रपुरबाट ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ

झापा, २९ असोज । ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो भद्रपुर–५ स्थित बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी–८ का ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खानलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्लास्टिकसहित ५८ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले होटलमा पुगेर बाबु छोराको शरीर तलासी लिएको थियो । दुवैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए ।

The post भद्रपुरबाट ब्राउनसुगरसहित बाबु–छोरा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register