लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु

काठमाडौं । उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु भएकाे छ भने ८ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ । उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको मन्त्रालयको दाबी छ । यो क्षेत्र अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने क्षेत्र हो । इजरायली सेनाले […]

Oct 15, 2024 - 05:00
 0
लेबनानमा इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु

काठमाडौं ।

उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु भएकाे छ भने ८ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको मन्त्रालयको दाबी छ । यो क्षेत्र अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने क्षेत्र हो ।

इजरायली सेनाले आक्रमणबारे केही बताएको छैन । पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १७ सय जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register