नेपालीहरुको महान चाडको उपलक्षमा नेपाली काँग्रेसद्धारा चियापान । (फोटो फिचर सहित )

Oct 26, 2024 - 12:37
Oct 26, 2024 - 12:43
 0
नेपालीहरुको महान चाडको उपलक्षमा नेपाली काँग्रेसद्धारा चियापान । (फोटो फिचर सहित )

कार्तिक १०, काठमाडौं । नेपालीहरुको महान चाड तिहार, न्हु द .नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्षमा नेपाली काँग्रेस काठमाडौं महानगरपालिका कार्य समितिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी नोपाली काँग्रेसका सभापति माननीय शेर बहादुर देउवा रहनु भएको थियो । छोटो समयका लागि चियापानमा उपसिथ्ति हुनु भएका सभापति देउवाले कार्यकर्ता  तथा  आगन्तुकहरुलाई शुभकामना दिनु भएको थियो ।

चियापान समारोह प्रमुख अतिथी नेपाली काँग्रेसका सभापति तथा अन्य अतिथीहरुलाई काठमाडौं महानगरपालिकाका नेपाली काँग्रेसका सभापति नीलकाजी शाक्यले स्वागत गर्नु भएको थियो । 


यसैगरि चियापान समारोहमा उपस्थित हुनु भएका नेपाली काँग्रेसका बरिष्ठ नेता तथा शहरी विकास मन्त्री प्रकास मान सिंहले पनि कार्यकर्ता तथा उपस्थित जनमा शुभकामना सन्देश दिनु भएको थियो ।

यसैगरी सो चियापान समारोहमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री तथा काठमाडौं महानगरपालिकाकाी पुर्व उपमेयर हरिप्रभा खडगी श्रेष्ठको पनि उपस्थिति रहेको थियो । 


चियापान समारोह काठमाडौंको बागबजारस्थित आराधना कम्पेल्कसमा रहेको नुज पार्टी प्यालेशमा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register