लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणप्रति नेपालको निन्दा

काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलीले गरेको आक्रमणको कडा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ । सामाजिक सञ्जाल एक्समार्फत् मन्त्रालयले भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न […]

Oct 15, 2024 - 06:37
 0
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणप्रति नेपालको निन्दा

काठमाडौं । नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलीले गरेको आक्रमणको कडा निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रहसमेत गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत् मन्त्रालयले भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ । यस्ता कार्य तुरून्त रोकिनुपर्छ र उचित छानबिन हुनुपर्छ ।’

आइतबार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए ।

सोमबार इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । लेबनानमा नेपाली सेना पनि संयुक्त राष्ट्र संघको शान्ति सेनाको रूपमा खट्दै आएका छन् ।

राष्ट्रसंघको शान्ति मिसनमा संलग्न नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति निकालेर इजरायली सेनाबाट भएको आक्रमणको निन्दा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register