मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन ६ जनाको उद्धार

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मंगलबार छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ सोमबारदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर […]

Oct 15, 2024 - 17:09
 0
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन ६ जनाको उद्धार

विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मंगलबार छजना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ सोमबारदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवको उद्धार गरिएको हो ।

उद्धार टोली सदस्य रामजी अधिकारीले झापाको दमक नगरपालिकाबाट दुई, मोरङको बेलबारीबाट दुई, ग्रामथान गाउँपालिकाबाट एक र विराटनगर महानगरपालिका– १५, रामजानकी मार्गबाट एक जनाको उद्धार गरिएको जानकारी दिए। यात्राको पहिलो दिन सोमबार १० जना सडकआश्रित मानवको उद्धार गरिएको उनले बताए ।

उद्धार गरिएकाहरूलाई आजै मानवसेवा आश्रम विराटनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register