भक्तपुरबाट पेस्तोलसहित एक जना पक्राउ

भक्तपुर । भक्तपुरमा पेस्तोलसहित एजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङ रहेका छन् । उनले हतियार बोकी हिंडिरहेको छ भन्ने विशेष […]

Oct 15, 2024 - 16:57
 0
भक्तपुरबाट पेस्तोलसहित एक जना पक्राउ

भक्तपुर ।

भक्तपुरमा पेस्तोलसहित एजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङ रहेका छन् ।

उनले हतियार बोकी हिंडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ हाे ।

प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

उनीबारे जिल्ला प्रहरी परिसर भक्तपुरमा थप अनुसन्धान सुरु भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register