विश्व चर्चित ब्यान्ड ‘वन डाइरेक्सन’ का स्टार लियाम पेनको बालकोनीबाट खसेर मृत्यु

ब्युनस आयर्स । पूर्व वन डाइरेक्सन स्टार लियाम पेनको अर्जेन्टिनाको ब्युनस आयर्समा रहेको एक होटलको बालकोनीबाट खसेर मृत्यु भएको छ । होटलको तेस्रो तलाबाट खसेर उनको ३१ वर्षको उमेरमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको विज्ञप्तिमा उल्लेख भएअनुसार पालेर्मो सहरमा ९११ नंमा कल आएसँगै आपतकालीन टोली त्यहाँ पुगेपछि पेनको शव फेला परेको थियो। पेन सन् […]

Oct 17, 2024 - 00:53
 0
विश्व चर्चित ब्यान्ड ‘वन डाइरेक्सन’ का स्टार लियाम पेनको बालकोनीबाट खसेर मृत्यु

ब्युनस आयर्स । पूर्व वन डाइरेक्सन स्टार लियाम पेनको अर्जेन्टिनाको ब्युनस आयर्समा रहेको एक होटलको बालकोनीबाट खसेर मृत्यु भएको छ । होटलको तेस्रो तलाबाट खसेर उनको ३१ वर्षको उमेरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको विज्ञप्तिमा उल्लेख भएअनुसार पालेर्मो सहरमा ९११ नंमा कल आएसँगै आपतकालीन टोली त्यहाँ पुगेपछि पेनको शव फेला परेको थियो।

पेन सन् २०१० मा एक्स फ्याक्टर टिभी शोमा ह्यारी स्टाइल्स, लुइस टोमलिन्सन, नायल होरान र जैन मलिकसँग सिर्जना गरिएको अत्यन्त लोकप्रिय ब्वाइब्यान्डको सदस्यका रूपमा विश्वव्यापी ख्याति कमाएका थिए।

यस महिनाको सुरुमा पेनले आफ्ना पूर्व वन डाइरेक्सन ब्यान्डका साथी नायल होरानको अर्जेन्टिना कन्सर्टमा सहभागिता जनाएका थिए।

ब्युनस आयर्सका प्रहरीका अनुसार घटनास्थलमा पुगेका प्रहरीले सुरुमा लागुपदार्थ र मदिराको प्रभावमा रहेको हुन सक्ने एक आक्रामक व्यक्तिको रिपोर्टको जवाफमा कारबाही गरिरहेका थिए।

प्रहरी होटलमा पुग्दा भित्री चोकमा ठूलो आवाज सुनेपछि शव फेला परेको थियो।

आपतकालीन चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रेसेन्टीले पेनले गम्भीर चोटपटक लागेर मृत्युको र थप अनुसन्धान जारी रहेको बताए।

मृत्युको खबर फैलिएपछि प्रशंसकहरू मृत्यु भएको ब्युनस आयर्सको होटल बाहिर भेला हुन थालेका थिए, जसका कारण प्रहरीले प्रवेशद्वार बन्द गर्नुपरेको थियो।

बेलायतको वुल्भरह्याम्प्टनमा जन्मिएका पेनले पहिलो पटक सन् २००८ मा आईटीभी प्रतिभा शो द एक्स फ्याक्टरमा भाग लिएर स्टारडम खोज्ने प्रयास गरेका थिए । तर निर्णायक साइमन काउवेलले उनलाई दुई वर्षपछि फर्केर आउन भनेका थिए।

उनी फर्किए, सन् २०१० मा निर्णायकहरूलाई बढी प्रभावित पारे, र बुट क्याम्प चरणमा अन्य चार एकल आशावादीहरूसँग मिलेर वन डाइरेक्सन जन्मियो।

समूहले सन् २०१५ मा हायटसमा जाने घोषणा गर्नुअघि विश्वभरका चार्टहरूमा शीर्ष स्थान हासिल गर्दै बेलायतमा चारवटा नम्बर वन एल्बम र चारवटा नम्बर वन सिंगल प्राप्त गरेको थियो।

सन् २०१७ मा, पेनको पहिलो एकल सिंगल स्ट्रिप द्याट डाउन अफिसियल युके चार्टमा तेस्रो स्थानमा रह्यो, र फिफ्टी सेड्स फ्रिड साउन्डट्र्याकको गीत फर यूमा रिटा ओरासँगको सहकार्यले पनि टप १० मा स्थान बनाएको थियो।

उनले सन् २०१६ मा गर्ल्स अलाउड स्टार शेरिल कोलसँग सम्बन्ध सुरु गरे र अर्को वर्ष उनीहरूको एक छोरा बियर जन्मियो। जोडी सन् २०१८ मा छुट्टिए।

खबर फैलिएपछि श्रद्धाञ्जलीहरू आउन थालेका छन् ।

समाजसेवी पेरिस हिल्टनले एक्समा लेखिन्,‘उहाँको परिवार र प्रियजनहरूप्रति माया र समवेदना प्रकट गर्दछु। आरआइपी साथी ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register