मलेसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नर्सिङ्ग गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ०९ गौशाला बस्ने ३८ वर्षीय बालेश्वर महतो रहेका छन् । उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर मलेसिया पठाईदिने भन्दै दुई […]

Oct 17, 2024 - 11:05
 0
मलेसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नर्सिङ्ग गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ०९ गौशाला बस्ने ३८ वर्षीय बालेश्वर महतो रहेका छन् ।
उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर मलेसिया पठाईदिने भन्दै दुई लाख ठगी गरेका थिए । लामो समयदेखि विदेश पठाउने भन्दै झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितले उनीविरुद्ध जाहेरी दिएका थिए ।
सोहि जाहेरीका आधारमा अनुसन्धान गर्दा महतोलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते गौशालाबाट पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register