बाढीपहिरो प्रभावित स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत दिइने विपद् व्यवस्थापन समितिको निर्णय

काठमाडौं । बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले १२ असोजको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा स्थानीय तहलाई राहत दिने निर्णय गरेको हो । बैठकले  २० जिल्लाका ७१ […]

Oct 17, 2024 - 14:05
 0
बाढीपहिरो प्रभावित स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत दिइने विपद् व्यवस्थापन समितिको निर्णय

काठमाडौं । बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ ।

बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले १२ असोजको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा स्थानीय तहलाई राहत दिने निर्णय गरेको हो ।

बैठकले  २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरी राहत रकम  दिने प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहले  १ करोड, दोस्रो समूहमा रहेका १२ स्थानीय तहले ७५ लाख र तेस्रो समूहमा रहेका ५० स्थानीय तहले ५० लाख रुपैयाँ पाउने भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register