झापामा दुई घटना, बालकसहित दुई जनाको मृत्यु

बनियानी, २ कात्तिक । झापामा दुई भिन्न घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । बिहीबार राति गाडी (छोटा हात्ती) को ठक्करबाट बिर्तामोडमा एक पैदल यात्री पुरुष र फलामको गेटले किचेर अर्जुनधारामा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । अर्जुनधारा–६ स्थित मामाघर रिषी अग्रवालको [...] The post झापामा दुई घटना, बालकसहित दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 18, 2024 - 06:18
 0
झापामा दुई घटना, बालकसहित दुई जनाको मृत्यु

बनियानी, २ कात्तिक । झापामा दुई भिन्न घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

बिहीबार राति गाडी (छोटा हात्ती) को ठक्करबाट बिर्तामोडमा एक पैदल यात्री पुरुष र फलामको गेटले किचेर अर्जुनधारामा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

अर्जुनधारा–६ स्थित मामाघर रिषी अग्रवालको घरमा पाहुना आएर फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर किच्दा दुई वर्षीय बालक शिवयम मस्कराको मृत्यु भएको हो ।

बिहीबार राति गेटले किचेर गम्भीर घाइते भएका उनको आज बिहान उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच, बिर्तामोड–भद्रपुर सडक खण्डस्थित बिर्तामोड–३ बिर्ताबजारमा बनियानीबाट बिर्ताबजार तर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले ठक्कर दिँदा भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ स्थित शैनिकमोडमा डेरी गरी बस्दै आएका ६५ वर्षीय आसारुलाल पानवारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

The post झापामा दुई घटना, बालकसहित दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register