सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउँछौँ- नेतान्याहु

काठमाडौँ ।  इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाले पनि यसको पुष्टि गरेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या सिनवारबाट बदला लिएको बताएका छन् । उनले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक […]

Oct 18, 2024 - 06:46
 0
सिनवारको मृत्यु हमाससँगको बदला हो, अब बन्धक छुटाउँछौँ- नेतान्याहु

काठमाडौँ । 

इजरायलले गाजामा गरेको हवाई आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाले पनि यसको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या सिनवारबाट बदला लिएको बताएका छन् । उनले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको बताए।

बेन्जामिनसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि प्रतिक्रिया दिएका छन् । बाइडेनले डिएनए परीक्षणबाट सिनवारको मृत्यु भएको पुष्टि भएको बताए । यो इजरायल र संयुक्त राज्य अमेरिका साथै सम्पूर्ण विश्वको लागि राम्रो दिन भएको उनले टिप्पणी गरेका छन् । उनले इजरायली बन्धकहरुको रिहाईको लागि यो राम्रो अवसर भएको बताए । साथै उनले यसले एक वर्षदेखि जारी गाजा युद्धको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकाले सिनवार आतंकवादी संगठन हमासको प्रमुखको रूपमा, सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र तीस भन्दा बढी देशहरूमा सर्वसाधारणको मृत्युको लागि जिम्मेवार रहेको उल्लेख गर्दै गत वर्षको अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार र अपहरणका मुख्य योजनाकार रहेको बताएको छ ।

जो बाइडेनले अब आफुले बन्धकहरुलाई उनीहरुको परिवारमा फिर्ता ल्याउने र यो युद्ध सदाका लागि अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका छन् ।

त्यस्तै प्रधानमन्त्री नेतान्याहुले इजरायलले याह्या सिनवारको बदला लिएको तर युद्ध अझै नसकिएको बताएका छन् । उनले भने, हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति थिए । नेतान्याहुले हमास नेताको मृत्यु युद्धमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले अब गाजामा बन्धक बनाइएकाहरुलाई फिर्ता ल्याउन सकिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register