सरकारलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरू

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । “अहिलेको हाम्रो कर्तव्य सरकारलाई खबरदारी गर्नु हो भन्नेमा हामी एकमत भएका छौँ, ” उनले भने, “दुई/तीन दिनभित्रै ज्ञापनपत्र दिन्छौँ ।” ज्ञापनपत्रमा […]

Oct 18, 2024 - 06:53
 0
सरकारलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरू

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

“अहिलेको हाम्रो कर्तव्य सरकारलाई खबरदारी गर्नु हो भन्नेमा हामी एकमत भएका छौँ, ” उनले भने, “दुई/तीन दिनभित्रै ज्ञापनपत्र दिन्छौँ ।”

ज्ञापनपत्रमा यसअघिको विपद्‌मा सरकारले देखाएको बेवास्तापन, परराष्ट्र मन्त्रालयमा ११० जनाभन्दा बढी कर्मचारी थप्ने विषयलगायतका विषय समेटिने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register